तनहुँमा उम्मेदवारी फिर्ता गर्दिन भन्ने कलिला लत्रिइन्, अब चुमानलाई सजिलो
तनहुँ | असोज २९, २०७९
सत्ता गठबन्धनको सहमति विपरित तनहुँ प्रदेश सभा १ (ख)बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीकी नेत्री कलिला खानले आज उम्मेदवारी फिर्ता लिएकी छिन् ।
गठबन्धनको सहमतिअनुसार नेकपा एसले तनहुँमा भाग नपाएपछि खानले उम्मेदवारी दिएकी थिइन् । ‘कार्वाही भोग्न तयार तर उम्मेदवारी फिर्ता गर्दिन’ भन्ने अडान राखेकी खानले आज पार्टीको निर्णय भन्दै पछि फर्किएकी हुन्
यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान चुनावी मैदानमा छन् । प्रतिगमनकारी शक्तिलाई पराजित गर्नु आजको आवश्यकता भन्दै खानले पार्टी र गठबन्धनका नेताहरुको आग्रहमा उम्मेदवारी फिर्ता लिएको जनाएकी छिन् ।
खानले भनेकी छिन्, ‘गठबन्धनका साझा उम्मेदवार हरिबहादुर चुमानलाई जिताउन लाग्नेछु ।’
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

